अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मनोरन्जन

अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण


काठमाडौं- अभिनेत्री वर्षा राउत कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना पोजिटिभ देखिएको जानकारी दिनुभएको हो ।

‘कोरोना टेष्ट गर्दा मेरो रिपोट पोजिटिभ आएको छ,’ वर्षाले लेख्नु भएको छ, ‘मेरो गन्ध हराएको र खोकी लागेको छ ।’

घरमै आइसोलेसनमा बसेको समेत जानकारी दिनुभएकी वर्षाले आफू ठीक रहेको बताउँदै चाँडै काममा फर्किने अपेक्षा गर्नु भएको छ । वर्षाले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित रहनसमेत अनुरोध गर्नु भएको छ ।