अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

आजको बहस

प्रचण्डको चक्रव्यूह तोडेर नयाँ कोर्समा सोझिंदैछ राजनीति


केही बेर अघि सकिएको नेकपा एमालेको स्थायी कमिटीको बैठकले माधव नेपाल सहित चार जना नेतालाई गरेको निलम्बन फूकूवा गरेसँगै नेपाली राजनीतिक कोर्स बदलिएको छ । यसैपनि सबै व्यवधानलाई छिमल्दै प्रधानमन्त्री केपी शर्मा ओली अघि बढी रहनुभएको थियो । तथमपी उहाँलाई पदबाट हटाउने हजारौं कोशिस भइरनै रहका छन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट विस्थापित गरी नयाँ सरकार बनाउने उद्यम आज शुरु भएको होइन । २०७६ साल फागुन ४ गते जब ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गर्‍यो, त्यसैबेलादेखि उहाँलाई पदबाट हटाई आफू प्रधानमन्त्री बन्ने खेल तत्कालीन नेकपाका दोस्रो अध्यक्ष रहनुभएका पुष्पकमल दाहाल प्रचण्डले शुरु गर्नुभएको हो । पार्टी एकता भएकै दिनदेखि प्रचण्डले यसको तयारी शुरु गर्नुभएको थियो ।

संसदीय राजनीतिलाई केवल गणितको ‘खेल’ बनाउने प्रचण्डको यो कदम प्रारम्भमा गोप्य रह्यो । विभिन्न होटेल र व्यापारीका घरमा रहस्यपूर्ण मानिसको उपस्थितिका बीच वामदेव गौतम, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितको गठबन्धन बनाइएकै थियो । २०७६ पुसमा त्यो समुहभित्र माधव नेपाल पनि मिसिएपछि एकीकृत र सशक्त कम्युनिस्ट पार्टी निर्माणको पवित्र उद्देश्यलाई सत्तास्वार्थको रोटी सेक्न प्रयोग गरियो र आफ्नै पार्टीका प्रधानमन्त्री तथा अध्यक्षको तेजोबध गर्ने षड्यन्त्रपूर्ण अभियान छेडियो । आफ्नै दलको लोकप्रिय नेतालाई पार्टी र सरकारको प्रमुखबाट हटाउन शीर्ष नेताहरूले उठाएको अस्वाभाविक कदम बिल्कुल गलत थियो ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट विस्थापित गरी नयाँ सरकार बनाउने उद्यम आज शुरु भएको होइन । २०७६ साल फागुन ४ गते जब ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गर्‍यो, त्यसैबेलादेखि उहाँलाई पदबाट हटाई आफू प्रधानमन्त्री बन्ने खेल तत्कालीन नेकपाका दोस्रो अध्यक्ष रहनुभएका पुष्पकमल दाहाल प्रचण्डले शुरु गर्नुभएको हो । पार्टी एकता भएकै दिनदेखि प्रचण्डले यसको तयारी शुरु गर्नुभएको थियो ।

प्रचण्डको यो अभियान कसरी षडयन्त्र हो त ?
संसदीय व्यवस्थामा सरकार हटाउने संवैधानिक र कानुनी व्यवस्था हुन्छ । त्यस व्यवस्था भन्दा बाहिरबाट गरिएको प्रयासलाई षडयन्त्र भनिन्छ । केपी शर्मा ओलीबाट सरकारको नेतृत्व आफूले लिने बाटो प्रचण्डसँग दुईटा मात्रै थियो– ओलीको समेत सहमतिमा पार्टीबाट राजीखुसीले निर्णय गराएर आफूले विधिपूर्वक नेतृत्व लिने वा संवैधानिक बाटो हिंडेर संसदीय दलमा आफ्नो बहुमत प्रमाणित गरी ओलीलाई संसदीय दलको नेताबाट हटाउने ।

दुर्भाग्यवश प्रचण्डले यी दुवै स्वाभाविक प्रक्रियाबाट जाँदा ओलीसामु आफू पराजित हुने देख्नुभयो र तेस्रो बाटो लिनुभयो– गोप्य कोठामा व्यक्तिका गठबन्धन बनाएर ओलीबाट सरकार र पार्टीको नेतृत्व खोस्ने ।

प्रचण्डले रोजेको बाटो कुनै कानुनी वा वैधानिक नभएर षड्यन्त्रको राजमार्ग थियो जसमा माधव नेपाल र झलनाथ खनालहरूले पनि प्रचण्डकै ‘मामुली कार्यकर्ता’ बनेर हो मा हो मिलाउँदै जानुभयो । र, आफूलाई मूलधारको भनिने संचारमाध्यमले प्रचण्डको कर्तुतमा साथ दियो ।

एकीकृत नेकपाको यात्रामा अचानक ब्रेक लाग्नुको मूल कारण आफ्नै षडयन्त्र थियो भन्ने स्वीकार्न प्रचण्डहरूलाई अहिले अप्ठ्यारो परेको छ । षड्यन्त्र उदांगो भएपछि जनताका बीचमा प्रचण्ड–नेपालबिरुद्ध आक्रोशको आगो फैलिएको छ जसको गर्मी उहाँहरूले अबका एकाध महिनामा प्रत्यक्ष अनुभव गर्दै जानुहुनेछ ।

स्पष्ट हुनुपर्ने विषय के हो भने करिब दुई वर्षदेखि गोप्य रुपमा गरिएका ती षड्यन्त्रहरू केपी शर्मा ओलीले एकपछि अर्को गरी पराजित गरिदिएपछि अहिले सतहमा प्रकट भएका मात्रै हुन् । पर्दाभित्र प्रचण्डले मलजल गरेको त्यो षडयन्त्र आम नागरिकले बल्ल अहिले मात्र देख्न पाएका हुन् । हाम्रालागि नयाँ हुनसक्छ, तर केपी ओलीले त्यसलाई दुई वर्षदेखि नै देख्नु र भोग्नु भएको थियो ।

मिडिया, नागरिक समाज र अन्य पार्टीमा प्रचण्डको पक्ष लिन ‘स्लिपर सेल’को काम गरिरहेका मानिसको मुखौटो खोलिदिएको छ । एमालेमा माधव नेपाल प्रचण्डको स्लिपर सेल हुनुहुन्थ्यो भन्ने कुरा अब लुक्दैन, घर घरमा थाहा भएको छ । कांग्रेसमा गगन थापा प्रचण्डकै स्लिपर सेल बनेर पड्किन तयार राखिएको भन्ने पनि खुला भएपछि कोभिड १९ को कहर छल्न लागाइएका मास्कभित्रै ती अनुहारलाई आम मानिसले स्पष्ट ठम्याउन थालेका छन् । प्रचण्डद्वारा रचिएको षडयन्त्र लम्बिंदा समाजले पाएको एक मात्र फाइदा यही हो । यसकालागि केपी ओलीलाई नेपाली समाजले जति धन्यवाद दिएपनि कम हुन्छ ।

प्रचण्डको षड्यन्त्र किन अहिले आएर मात्रै सतहमा प्रकट भयो त ? यसमा सामाजिक विज्ञानको सामान्य नियम लागू भएको छ– कुनैपनि षड्यन्त्रको आयु लामो हुँदैन; लम्बिंदै गयो भने त्यहि गतिमा पर्दाफास पनि हुँदै जान्छ ।

त्यसैले कुनै षडयन्त्र गर्नु छ भने त्यसलाई जतिसक्दो छोटो बनाउनुपर्छ, ता कि अर्को पक्षले त्यसको पत्तो नपाउँदै त्यसलाई कार्यरूप दिन सकियोस् ।

भारतीय नाकाबन्दीको सामना गर्न सतिसाल झैँ खडा हुनुभएका केपी ओलीलाई २०७३ साल असारमा अविश्वासको प्रस्तावबाट हटाउँदा प्रचण्डले छोटै विधि प्रयोग गर्नुभएको थियो । त्यसबेला पनि माधव नेपाल र झलनाथ खनालहरू प्रचण्डको षडयन्त्रमा सामेल हुनुहुन्थ्यो । जुन बेला प्रधानमन्त्री ओलीलाई सहकर्मीहरुको षडयन्त्रको आभास भयो, थोरै ढिलो भैसकेको थियो ।

फलस्वरुप ओली त्यसबेला शानदार ढंगले सरकारबाट बिदा हुनुभयो । अविश्वासको प्रस्तावमाथि ओलीले संसदको रोस्ट्रममा उभिएर त्यसबेला दिनुभएका जवाफका हरेक हरफले अहिले पनि नागरिकको मस्तिष्कलाई झन्कृत गरिरहेका छन् ।

यस पटक भने खेलका सर्जक प्रचण्डउपर नै इतिहास दुखान्त बनेर दोहोरिएको छ । प्रचण्डको पुरानो खेलसँग भलिभाँती परिचित केपी ओलीले अब प्रचण्डको खेलमा प्रचण्डलाई नै माथ दिंदै जानुभएको छ ।

प्रचण्डले आफ्नालागि प्रधानमन्त्रीको कुर्सी प्राप्त गर्न शुरु गर्नुभएको षडयन्त्र अहिले कहाँ पुगेको छ भने अब प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना पूरै सकिएको छ । त्यस षडयन्त्रमा सामेल माधव नेपाल आफैँ कुनैबेला प्रधानमन्त्रीको आकांक्षी र दावेदार हुनुहुन्थ्यो, त्यो सम्भावना पनि पूरै सकिएको छ । र, प्रचण्डकै व्युहमा तानिनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा अहिले प्रधानमन्त्री बन्ने दौडमा आइपुग्नुभएको छ । राष्ट्रपतिले सरकार बनाउन आव्हान गर्नुभएको समय सकिन १० घण्टा भन्दा कम समय बाँकी रहँदा जब यी हरफ लेखिंदैछन्, देउबा पनि प्रधानमन्त्री बन्ने सम्भावना हिजो भन्दा आज धुमिल हुँदै गएको छ । अर्थात प्रचण्डले हात लगाएका हरेक नेताहरू आफ्नै सम्भावनाको मलामी जानुपर्ने अवस्था निर्माण भएको छ । षड्यन्त्रमा लिप्त प्रचण्डको हालत अहिले हिन्दी उखानको ‘धोबीका कुत्ता घरका ना घाटका’ भएको छ । आफ्नो अस्तित्व रक्षाका लागि उहाँले अब केपी ओलीकै शरणमा फिर्ता जानुबाहेक अरू विकल्प खुम्चिंदै गएको छ । यसको यथार्थबोध उहाँलाई केहि दिनमा नै हुनेछ ।

सीधा सीधा भन्नुपर्ने भएको छ– यसपल्ट प्रचण्डका षडयन्त्रले केपी ओलीको सामना गर्न सक्ने अवस्था छैन । जो नेताहरू जानेर वा नजानेर प्रचण्ड–कुटिलताको सहयात्री बन्नुभएको छ, उहाँहरू प्रचण्डले निर्माण गर्नुभएको चक्रव्यूहमा आफैं फस्दै जानुभएको छ । यसले प्रचण्डलाई निरीह बनाएको छ, उहाँको छटपटी बढाएको छ र प्रचण्डको सीमा उदांगो भएको छ ।

नेकपा जीवित हुन्थ्यो र आजको अवस्था हुन्थ्यो भने प्रचण्डले ओलीसँग आत्मसमर्पण गरिसक्नुभएको हुन्थ्यो भन्ने त्यसले स्पष्ट पारेको छ । त्यस दिनको अभिव्यक्तिलाई आधार मान्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डले विश्वासको मत नदिनुपर्ने कारणमा प्रचण्ड जस्तो भावुक व्यक्तिको मन नबुझेको, प्रचण्ड जस्तो सजिलै फकिने मान्छेलाई फकाउन प्रयास नगरेको, आलोपालो प्रधानमन्त्री बन्ने पुरानो सम्झौतालाई नमानेको आदि हुन् ।

मिडिया, नागरिक समाज र अन्य पार्टीमा प्रचण्डको पक्ष लिन ‘स्लिपर सेल’को काम गरिरहेका मानिसको मुखौटो खोलिदिएको छ । एमालेमा माधव नेपाल प्रचण्डको स्लिपर सेल हुनुहुन्थ्यो भन्ने कुरा अब लुक्दैन, घर घरमा थाहा भएको छ । कांग्रेसमा गगन थापा प्रचण्डकै स्लिपर सेल बनेर पड्किन तयार राखिएको भन्ने पनि खुला भएपछि कोभिड १९ को कहर छल्न लागाइएका मास्कभित्रै ती अनुहारलाई आम मानिसले स्पष्ट ठम्याउन थालेका छन् । प्रचण्डद्वारा रचिएको षडयन्त्र लम्बिंदा समाजले पाएको एक मात्र फाइदा यही हो । यसकालागि केपी ओलीलाई नेपाली समाजले जति धन्यवाद दिएपनि कम हुन्छ ।

प्रचण्डले आफ्नो अप्ठ्यारो बढ्दै गएको महसुस गर्न थाल्नुभएको छ भन्ने यथार्थ सबैभन्दा राम्रोसँग वैशाख २७ गते संसदको रोस्ट्रममा प्रकट भयो उहाँको आफ्नै अभिव्यक्तिबाट । प्रचण्डको त्यो भाषणमा ओज होइन, ओलीसँग महिनौं संवाद नभएकाले गुम्सिएको याचना थियो ।

नेकपा जीवित हुन्थ्यो र आजको अवस्था हुन्थ्यो भने प्रचण्डले ओलीसँग आत्मसमर्पण गरिसक्नुभएको हुन्थ्यो भन्ने त्यसले स्पष्ट पारेको छ । त्यस दिनको अभिव्यक्तिलाई आधार मान्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डले विश्वासको मत नदिनुपर्ने कारणमा प्रचण्ड जस्तो भावुक व्यक्तिको मन नबुझेको, प्रचण्ड जस्तो सजिलै फकिने मान्छेलाई फकाउन प्रयास नगरेको, आलोपालो प्रधानमन्त्री बन्ने पुरानो सम्झौतालाई नमानेको आदि हुन् ।

फकाउने फकिने कुरालाई पर राखेर आम नागरिकका आँखाबाट हेर्दा आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता ओलीले तोडेको नभई प्रचण्डले नै ओलीलाई पाँच वर्ष प्रधानमन्त्री छोड्नु भएको हो । अहिले आफ्नै सार्वजनिक प्रतिबद्धताको विपक्षमा प्रचण्ड उभिनपुग्नुभएको छ । त्यसो त प्रचण्डले जे सम्झौता गर्नुहुन्छ, त्यसमा उहाँ नटिक्ने मात्र होइन, एक महिना नपुग्दै सम्झौताको खिलाफमा काम गर्न थाल्ने विसंगतिपूर्ण अम्मल उहाँमा देखिन्छ । यसबारे छुट्टै अध्ययन आवश्यक पर्छ ।

थप विश्लेषण एकैछिन छोडेर वर्तमान अवस्थातिर फर्कौं । प्रधानमन्त्रीलाई आफ्नो पार्टीले दिएको समर्थनसमेत फिर्ता लिन नसक्ने अवस्थामा रहनुभएका प्रचण्डसहितका सबै विपक्षीको सीमा बुझेपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफैं विश्वासको मत लिनुभएको हो । यसमा विपक्षी गठबन्धनको नाक फुलाउनु पर्ने कुनै योगदान र कारण छैन । आफूसँग नयाँ सरकार बनाउन आवश्यक संख्या संसदमा छैन भन्ने स्पष्ट हुँदाहुँदै केपी ओलीले विश्वासको मत लिनुभएको हो । दुई महिनादेखि सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्न आँट नगरेका विपक्षीलाई पनि केपी ओलीको यो कदमले निकास दिएको छ ।

विश्वासको प्रस्तावमा सांसदहरूले मतदान गरिसकेका छन् । सरकारले विश्वासको मत गुमाउनु ठूलो कुरा होइन । सबैभन्दा ठूलो कुरा त विपक्षी नेता, मिडिया र नागरिक समाजसहितका तथाकथित ‘बेस्ट ब्रेन’हरूले दाबी गरे झैं यो संसदसँग केपी ओलीको विकल्प दिने क्षमता छ कि छैन भन्ने परीक्षण गर्नु हो । आज राति ९ बजेसम्ममा प्रचण्डका दाबीहरूको अन्तिम परीक्षण त हुने नै छ । केपी ओलीविरूद्ध उहाँले रचेको दुई वर्ष पुरानो चक्रव्यूहको अन्तिम किस्ताको पनि परीक्षा हुनेछ । त्यसपछि सुरु हुनेछ नेपाली राजनीतिमा नयाँ पुनर्गठनको नयाँ कोर्स । प्रतीक्षा गरौँ आज राति नौ बजेसम्म ।