अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

बेलायती संसद्‍मा नेपालकाे चर्चा, २० लाख डोज काेभिशिल्ड खाेप दिने तयारी


काठमाडौं – नेपाललाई बेलायतले २० लाख डोज अष्ट्रोजेनिका कोभिसिल्ड खोप दिने भएको छ ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप दिन लागेको हो । बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा बिहीबार यस विषयमा बहस भएको थियो ।

नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेकाले र अहिले संकट भोगिरहेको नेपालाई सहयोग गर्नुपर्ने वक्ताहरूको विचार थियो । त्यसपछि नेपाललाई खोप दिने निर्णय भएको थियो । बेलायती संसद्‌मा नेपाललाई सहयोग गर्नेबारे लामै छलफल भएको जानकारी परराष्ट्र मन्त्रालयलाई समेत आएको थियो ।

यही जेठ ६ गते प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोल पोलिटबीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाललाई खोप उपलब्ध गराउन पोलिटसँग आग्रह गर्नुभएको थियो । राजदूत पोलिटको पहलमा नै नेपालमा खोप आउन लागेको हो ।

नेपाललाई खोप उलब्ध गराउन अन्य विकास साझेदारहरुसँग छलफल भएको समेत राजदूत पोलिटले शनिबार ट्‍वीटरमार्फत जानकारी दिनुभएको छ ।