अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

आजको बहस

महामारीको मारमा विद्यार्थी


महामारी आफैँ नकारात्मक शब्द हो । यसले मानव जीवनका हरेक तह र तप्कामा प्रभाव पार्दछ । मानव जीवनलाई अस्तव्यस्त पार्ने अश्त्र नै महामारी हो । हामी हाम्रा बुढापाका आफन्तहरू र विभिन्न पाठ्यसामग्रीबाट पनि विविध महामारी तथा प्राकृतिक प्रकोपहरू र तिनले मानव जीवनमा पुर्‍याएको प्रभाव, क्षति र उत्पन्न गराएको त्रास सुन्ने गर्थ्यौ वा पढ्ने गर्थ्यौ । तर, यसपालि हामी आफैँ त्यो शब्द हाम्रै जीवनमा देखापरेको एवं अनुभव गरेको अवस्था छ । यसै सन्दर्भमा कोरोना महामारी अपवाद हुनसकेन । विश्वलाई सन्त्रास फैलाएर मानसिक असर पारि जनजीवनलाई नकारात्मकतातिर धकेल्ने माध्यम बन्यो ।

कोरोना कहरले कैयौं बस्तीलाई खण्डहरमा बदल्ने अवस्था सिर्जना गर्दैगर्दा विभिन्न स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूले संघर्षका पाइलाहरू चालेको पाइन्छ। यसका साथै विभिन्न विकसित देशहरूले यसको रोकथामका लागि विविध प्रयास स्वरूप औषधि, परामर्श र भ्याक्सिन उत्पादन गरि यसलाई निमिट्यान्न पार्न नियमित प्रयास जारी राखेकै अवस्था हो । यसका साथै यो महामारीको प्रभाव शिक्षा क्षेत्रमा अलि फरक खालको छ। विद्यार्थीहरू सबैभन्दा पीडित वर्ग बनेको छ । उसका हरेक क्रियाकलाप, समय सारणी, उद्देश्यहरू र लक्षहरू थलिएका छन् यद्यपि विद्यार्थी वर्ग पनि आफूलाई जोगाउने र बच्ने प्रयास गरेकै छन् ।

आफू पुग्ने गन्तव्य पनि किटान गर्न सकिरहेका छैनन् । उनीहरूका वार्षिक योजनाहरू स्थगित हुन पुगेका छन् । समयको चक्र रोकिँदैन तर महामारीले विद्यार्थीको प्रत्येक उद्देश्यलाई लक्ष्यविहीन बनाइदिएको छ । आफूलाई निखार गर्न खोज्ने वर्गको लागि तगारो बनिरहेको छ कोरोना कहर । यससँग जुध्ने संघर्ष गर्दागर्दै पनि विद्यार्थीहरू अमुक भइरहेका छन् ।

विद्यार्थी वर्ग अहिले सबैभन्दा मारमा परेको वर्ग हो । एकातिर कैयौंले भन्छन् विद्यार्थीले त्यत्तिकै अंकमा पाइरहेका र तिनको पढाइप्रति रुचि हुने अवस्था छैन । वास्तवमा यो कुरा सबैमा लागू हुँदैन र हैन पनि । विद्यार्थीले यतिबेला यो गरौंला भनि आफूले बुनेका योजनाहरू तरंगित भएका छन् । उनीहरूका हरेक योजनाहरू रोकिएका छन् । आफू पुग्ने गन्तव्य पनि किटान गर्न सकिरहेका छैनन् । उनीहरूका वार्षिक योजनाहरू स्थगित हुन पुगेका छन् । समयको चक्र रोकिँदैन तर महामारीले विद्यार्थीको प्रत्येक उद्देश्यलाई लक्ष्यविहीन बनाइदिएको छ । आफूलाई निखार गर्न खोज्ने वर्गको लागि तगारो बनिरहेको छ कोरोना कहर । यससँग जुध्ने संघर्ष गर्दागर्दै पनि विद्यार्थीहरू अमुक भइरहेका छन् ।

कहिले कक्षा हुने, कहिले परीक्षा हुने, कहिले नतिजा प्रकाशन हुने भन्ने जस्ता यावत् प्रश्नहरू विद्यार्थी जगतमा उठिरहेका छन् । उनीहरू पनि अलमलमा परेको अवस्थामा उनीहरूको सर्वाङ्गिण विकास पनि अलमलिएको छ । विद्यार्थीहरूका शैक्षिक वर्षहरू गुम्न पुगेका छन् । लामो समयसम्म एउटै कक्षामा अध्ययन गर्नुपर्ने अवस्था छ । उनीहरूले गर्नसक्ने अध्ययनका कार्यहरू मानसपटलमा छचल्किरहेका छन् । उनीहरूले गर्ने कार्य र आफूले सिध्याउनुपर्ने कार्यकाबीच अलमलको अवस्था छ । म आफू पनि एक अध्यापकको नाताले पनि विद्यार्थीबाट माथिका कुराहरू भइरहेको मलाई अनुभूति छ । उनीहरूका कुरा सुन्दा आफू पनि तदारुकता दिन नसक्ने अवस्थामा पुगेको छु ।

कैयौं प्यारा विद्यार्थीहरू यस महामारीबाट पीडित छन् तापनि उनीहरू आफ्नो अध्ययनलाई निरन्तर गर्न नसकिरहेको बेला हो यो । विद्यार्थीहरू घरीघरी प्रश्न गर्ने कुरा हो सर परीक्षा कहिले हुन्छ ? परीक्षा कस्तो हुन्छ ? परीक्षा हुने नै हो सर ? कि हामीले यही कक्षामा पढ्नुपर्ने हो ? यी प्रश्नहरूको सही जवाफ दिन अलमलिन्छु । शिक्षकले विद्यार्थीका प्रश्नको उत्तर दिनुपर्ने हुन्छ । ता पनि यस्ता उत्तरहरूको सहजतालाई महामारीले क्षतविक्षत पारेको छ । विद्यार्थी हुन प्रश्न गर्ने उनीहरूको गुणभित्र पर्छ । तर, महामारीले उत्तर नपाउन सक्ने अवस्था सिर्जना भएको छ ।

पहिलो कुरा स्वास्थ्य अनि अरू कुरा सर भन्ने जस्ता कुराहरू पनि विद्यार्थीबाट सुन्न पाइन्छन् । जस्तो अहिले स्नातक तहको परीक्षा फाराम भर्ने तरिकाले पनि विद्यार्थीलाई चिन्तित बनाएको छ । अझ अनलाइन फाराम भर्ने तरिका दिएर पनि कैयौँ विद्यार्थीले समस्या झेल्नु परेको छ ।

महामारी विद्यार्थीको जीवनमा तगारो बनेको छ । सबैभन्दा मारमा परेको विद्यार्थी वर्गलाई आफ्नो खर्च जुटाउनु पनि गाह्रो छ। उसले निश्चित समयमा यो कक्षा सकौला भनि गरेको तर्जुमा निमिट्यान्न भएको छ । उसका घर खेत बेचिएका छन् । बुवाआमालाई कर्जा थपिएको छ । उर्वरता मरिरहेको छ । विद्यार्थी अकल्पनीय अवस्था भोग्दै छ । आफ्नो जिम्मेवारी बहन गर्न सकिरहेको छैन । सफलता चुम्न सक्ने अवस्था खण्डित भएको छ ।

यसरी शैक्षिक संस्थाहरू पनि गर्न खोजेर पनि गर्न सकिरहेका छैनन् । सरोकारवालाहरू पनि केही भन्न नसक्ने अवस्थामा पुगेका छन् । पहिलो कुरा स्वास्थ्य अनि अरू कुरा सर भन्ने जस्ता कुराहरू पनि विद्यार्थीबाट सुन्न पाइन्छन् । जस्तो अहिले स्नातक तहको परीक्षा फाराम भर्ने तरिकाले पनि विद्यार्थीलाई चिन्तित बनाएको छ । अझ अनलाइन फाराम भर्ने तरिका दिएर पनि कैयौँ विद्यार्थीले समस्या झेल्नु परेको छ । त्यसैले यस महामारी विद्यार्थी वर्गको लागि अभिशाप बनेर झनै ठूलो महामारी सिर्जना गरी विद्यार्थीलाई समस्या खडा गरिरहेको छ । यद्यपि विद्यार्थीहरूयस्ता प्रतिकूलतासित साहसका साथ जुधिरहेका छन् ।

(लेखक : कैलाली बहुमुखी क्याम्पसका उप-प्राध्यापक हुनुहुन्छ ।)