अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

चन्द्र न्यौपानेको नाममा पुरस्कार स्थापना गरिने


काठमाडौं- ब्रोड कास्टिङ एसोसिएसन अफ नेपाल(बान)का अध्यक्ष अध्यक्ष चन्द्र न्यौपानेको स्मृतिमा पुरस्कार स्थापना गरिने भएको भएको छ ।

आज भएको बानको भर्चुअल बैठकले सो निर्णय गरेको महासचिव दुर्गा अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार पुरस्कार स्थापनाका लगि अक्षय कोष खडा गर्ने तयारी भएको छ । कम्तीमा १५ लाख रुपैयाँको अक्षयकोष खडा गरेर त्यसको व्याजबाट हरेक बर्ष बानको स्थापनाका दिन पुरस्कार दिइनेछ ।

यो पुरस्कार रेडियोका सञ्चालकलाई दिइनेछ । पुरस्कारको थप कार्यविधि केही समयमा तयार गरिने अधिकारीले बताउनुभयो ।

न्यौपाने सप्तकोशी एफएमका स्टेशन म्यानेजर हुनुहुन्थ्यो । कोरोनाका कारण उहाँको १० दिनअघि उपचारका क्रममा निधन भएको थियो ।