अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

राजनीतिक जीवनमा पद प्राप्ति ठूलो विषय होइन : महेश बस्नेत

‘विरोधी साथीहरूलाई धन्यवाद दिन्छु’


काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले आफू जुनसुकै पदमा भए पनि पार्टी नीति, नेतृव र निर्देशन सदैव पालना गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले आफ्नो राजनीतिक जीवनमा पद प्राप्ति ठूलो विषय नभएको बताउनुभएको हो ।

‘मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो विषय कहिले बनेन । पार्टी नीति, नेतृव र निर्देशन सदैव पालना गरेर अगाडि बढेको छु । परिभाषित काममा सदैव आफ्नो दक्षता देखाएको छु,’ पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले भन्नुभएको छ, ‘पार्टीभित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्ने गरी काम गरेको छु । अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु ।’

त्यस्तै, उहाँले पटकपटकको मन्त्रीमण्डलको पुर्नगठनमा आफ्नो नाम चर्चामा रहने गरे पनि आफ्नै सहयोद्धाका कारण मन्त्री नबनेकोसमेत बताउनुभएको छ ।

‘पटकपटकको मन्त्री मण्डलको पुर्नगठनमा मेरो नाम व्यापक चर्चा हुने गर्दछ् । मेरो सहयोद्धा कमरेडहरू बनाउने पक्षमा र बनाउँनै हुँदैन भन्ने पक्षमा व्यापक लाग्नुहुन्छ । हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् । मेरो विरोधी साथीहरूलाई म झन धेरै धन्यवाद दिन चाहन्छु । जसको कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु । त्यो नै महिले सिकेको सिकाई र उपलब्धि हो ।’

साथै, नेता बस्नेतले आफूले गुट फेर्न लागेको समाचार प्रकाशन/प्रशारण गरेकोमासमेत आपत्ति जनाउनुभएको छ । ‘कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोशमा छु । गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन् । त्यस्तो भ्रममा कोही नपरौँ, म जहाँ छु त्यही रहनेछु । र, म जे छु त्यही छुँ,’ उहाँले भन्नुभएको छ, ‘पद नपाउँदा विचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन । र, हुने पनि छैन । म अझै जोसजाँगर र ऊर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा मैले विकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टि हुने नै छ । पटकपटक अग्नि परिक्षामा होमिन तयार छु ।’