अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

प्रदेश

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत, यस्ता छन् प्राथमिकताका क्षेत्र


कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/८९ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले आज प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

कोरोना महामारीले मानवजीवनलगायत समग्र क्षेत्रमा व्यापक असर गरेको अवस्थालाई मध्यनजर गर्दै प्रदेशको नीति तथा कार्यक्रमले स्वास्थ्य, पूर्वाधार, उद्योग लगायतका क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ ।

कोरोना महामारी नियन्त्रण र रोकथामलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार तयार पारिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोरोना विरुद्धको खोपको व्यवस्था मिलाउने, सङ्क्रमितको उपचारका लागि जनस्वास्थ्य सेवाको विस्तार गर्ने, प्रत्येक अस्पतालमा सुविधा सम्पन्न छुट्टै कोरोना उपचार कक्षको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशका सम्पूर्ण अस्पताललाई थप साधन स्रोत उपलब्ध गराई सुविधा सम्पन्न बनाइने जनाइएको छ । यसैगरी, नाकामा हेल्थ डेस्क र होल्डिङ सेन्टरलाई व्यवस्थित गर्ने उल्लेख छ ।

कोरोना महामारीका कारण उत्पन्न बेरोजगारी समस्यालाई समाधान गर्ने गरि आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयार पारिने जनाइएको छ । कोरोनाका कारण बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि प्रदेश स्वरोजगार विकास कोषबाट अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशमा भूमिको उचित व्यवस्थापन र उत्पादनमा वृद्धि गरिने जनाइएको छ । यस्तै, उद्योगको विकासका लागि प्रदेश उद्योग गुरुयोजना तयार पारिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पश्चिम सेती जस्ता ठूला आयोजना संचालनका लागि नेपाल सरकारलाई आग्रह गरिने, पर्यटन विकासका लागि कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि लगानीमैत्री वातावरण सृजनामा जोड दिने, चालू आर्थिक वर्षका ठूला आयोजनाहरूलाई सम्पन्न गर्ने गरि बजेटमा प्राथमिकता दिने नीति तथा कार्यक्रममा समेटिएको छ ।