अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

दिल्ली उड्नुअघि खनालले ओलीलाई भन्नुभयो, ‘तीता मिठा बिर्सेर पार्टी जोगाउनुस्’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीले एउटै फोनबाट खनालको स्वास्थ्य लाभको कमना गर्नुभएको छ । दुई नेताबीच केहीबेर कुराकानी भएको थियो । खनालका स्वकीय सचिव अच्युत खनालका अनुसार हिजोका सबै तीता-मीठा बिर्सेर पार्टी एकता जोगाउनुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । उहाँको भनाइ थियो, ‘म फर्केर आउँछु कि आउँदिन त्यो पनि थाहा छैन तर यो पार्टी एक रहोस् ।’

खनाल उपचारका लागि बुधबार नै नयाँ दिल्ली उड्नुभएको थियो ।

खनाललाई वैशाख १८ गते कोरोना पोजेटिभ देखिएको थियो। वैशाख २७ गते कोरोनामुक्त हुनुभएो थियो । तर, स्वास्थ्य समस्या भएपछि पुनः तीन दिनअघि अस्पताल भर्ना हुनुभएको थियो ।