अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

एकता प्रयास असफल भएको संकेत गर्दै बास्कोटा भन्नुहुन्छ– ‘भो अब छाडिदिऊँ’


काठमाडौं– नेकपा एमालेको एकता प्रयास असफल हुँदै गएकाबेला केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले एउटा टुंगोमा पुगिहाल्न सुझाव दिनुभएको छ ।

‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के होरु खिचडी पाक्ने त हो(होइन चुल्हो धुवाँएको पनि देखिएन,’ उहाँको भनाइ छ, ‘कि असारे झरीमा झुर्का भेटिएन । अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने । त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम ।’

एमालेको कार्यदल तहमा वार्ता प्रयास भए पनि दुवै पक्षले अर्को पक्षले नयाँ नयाँ शर्त तेर्स्याएको आरोप लगाएको छ ।