अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

दार्चुलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु


दार्चुला- जिल्लाको महाकाली नगरपालिका-४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्याँस गाउँपालिका-४ घर भई हाल खलङ्गा बस्दै आउनुभएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका-४ ब्रह्मदेव घर भई खलङ्गा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुँवर रहेका छन् ।

महाकाली लोकमार्ग, दार्चुला तिङ्कर सडकअन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरेवल पुलभित्र राखिएको उक्त पाइपमा अड्कीएर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरू बगेर ह्युम पाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ ।

निरन्तर वर्षाका कारण निर्माणाधीन पुलभित्र सो पाइप राखेर नदी खुलाइएको थियो । पुललाई क्षति नगरोस् भनेर सो पाइप राख्न लगाइएको भए पनि पौडी खेल्ने बेला दुवै बालक अड्कीएका हुन् ।