अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

मदन भण्डारी जननेता मात्रै नभएर शताब्दी नायकसमेत हुन् : प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी जननेता मात्रै नभएर शताब्दी नायकसमेत भएको बताउनुभएको छ ।

आज बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मदनका विचार नेपाली समाजलाई झक्झक्याउने भएको भन्दै भण्डारीमा लोकतान्त्रिक शक्तिलाई एकीकृत गरेर अघि बढाउन सक्ने क्षमताको चर्चा समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मदन भण्डारी जननेता मात्रै होइन, उहाँ शताब्दी नायक पनि हो । मदन भण्डारीका चिन्तन निश्कृय शुभकामना मात्रै होइनन् ।’

‘माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन’