अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

यी हुन् एमाले स्थायी कमिटी सदस्यमा थपिएका ८ नेता


काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जना थपिएका छन् । माओवादी केन्द्रबाट एमालेमा समाहित भएका चार जना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जना स्थायी कमिटीमा थपिएका हुन् ।

दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा (बादल), लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरिएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बादल, भट्ट, थापा र रायमाझी पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो । महासेठ, पन्त, रिमाल र भुसाल भने माओवादीसँग एकता हुँदा स्थायी कमिटी सदस्य मनोनित हुनु भएको थियो ।