अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

फोटो

एमाले स्थायी कमिटीको पूर्ण बैठक (फोटो फिचर)


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा जारी छ । बैठकमा पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका १० स्थायी कमिटी सदस्य पनि सहभागी हुनु भएको छ ।

बैठकमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि सहभागी हुनुभएको हो ।

यसअघि उहाँहरू अध्यक्ष केपी शर्मा ओलीले बोलाएका स्थायी कमिटी बैठकमा अनुपस्थित हुँदै आउनुभएको थियो । तर, सोमबार अध्यक्षसँग छलफल भएपछि उहाँहरू पनि बैठकमा उपस्थित हुनु भएको हो ।

आजको बैठकका एजेण्डा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सहितले तयार गर्नुभएको छ ।