अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

आजको बहस

स्थानीय तहमा माधव नेपालको पार्टी कत्रो ?


काठमाडौं– संघीय संसदमा पार्टी फुटाउन २० प्रतिशत माग गरेका माधव नेपाललाई स्थानीय तहको नतिजाले पहिलो गासँ मै ढुंगा लागेको छ ।

स्थानीय तहमा एमालेले जितेका प्रतिनिधिमध्ये ९.९४ प्रतिशत मात्र आफूतिर लागेपछि नेपाल अहिले तनावमा रहेको निकटस्थहरूले बताएका छन् । नेपालको अनुमान कम्तीमा २५ देखि ३० प्रतिशत जनप्रतिनिधिले आफूलाई साथ देलान् भन्ने रहेको एक नेताले बताए ।

ती नेताका अनुसार केन्द्रमा भन्दा प्रदेशमा कम र त्योभन्दा स्थानीय तहमा झन् कम मात्र जनप्रतिनिधि आफूतिर लागेपछि नेपाल पक्षका नेताहरू आफूले एमालेबाट अलग हुने निर्णय गरेकोमा समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार पार्टी केन्द्रीय कार्यालयमा प्राप्त तथ्यांकअनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले १४ हजार ७ सय ८१ जना जनप्रतिनिधि जितेको थियो । त्यसमध्ये १ हजार ४ सय ६३ जना मात्र लागेका छन् ।

यो भनेको एमालेका जितेका कुल जनप्रतिनिधिको ९.९४ प्रतिशत हो । पार्टी विभाजनलाई अस्विकार गर्दै १३ हजार २ सय ५५ जना जनप्रतिनीधि एमाले मै बसेका छन् । यो भनेको एमालेले जितेका मध्ये ९०.६प्रतिशत जनप्रतिनिधि एमालेमा रहेका छन् ।