अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

खेलकुद

बंगलादेशविरुद्ध नेपाल २–० ले अगाडि, प्रितीको डेब्यु गोल


काठमाडौं– युवा खेलाडी प्रिती राईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छिन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा बंगलादेशबिरुद्ध जारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रिती राईले डेब्यु गोल गरेकी हुन् ।

नेपालको लागि प्रितीले खेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन् । उनले मिडफिल्डर शरु लिम्बुको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् ।

नेपाल यू-१५ टोलीको कप्तान समेत रहेकी प्रितीले डेब्यु खेलमै राष्ट्रका लागि गोल गरेकी हुन् ।

यस अघि सविता राना मगरले नेपाललाई अग्रता दिलाएकी थिइन् । सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन् । सविताले राइट विंकर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् ।

बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् ।