अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

खेलकुद

बंगलादेशविरुद्ध नेपाल २-१ गोल अन्तरले विजयी


काठमाडौं– बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाली महिला टिम विजयी भएको छ ।

आज दशरथ रंगशालामा भएको खेलमा बंगलादेशविरुद्ध नेपाल २-१ गोल अन्तरले विजयी भएको हो ।

नेपालको जितमा सविता राना मगर र प्रिती राईले एक-एक गोल गरिन् । खेलको १४ मिनेटमा युवा खेलाडी सविताले डेब्यू गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

सविताले राइट विंकर विमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । सविता यू-१९ टोलीको सदस्यसमेत हुन् ।

त्यस्तै, नेपालको लागि दोस्रो गोल प्रितीले खेलको २४ मिनेटमा गरिन् । उनले मिडफिल्डर शरु लिम्बुको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरेकी हुन् ।

नेपाल यू-१५ टोलीको कप्तानसमेत रहेकी प्रितीले डेब्यू खेलमै राष्ट्रका लागि गोल गरेकी हुन् । बंगलादेशका लागि ८३औँ मिनेटमा थोउरा खातुनले गोल गरिन् ।

उनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याएकी थिइन् । उनले ८२औं मिनेटमा मोसामत सोप्नाको स्थानमा प्रवेश गरेकी थिइन् ।