अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

माधव नेपाल सहभागी हुने सर्वदलीय बैठकमा एमाले नजाने, सभामुखलाई राजीनामा वा सूचना टाँस्न शर्त


काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेले माधव नेपाल सहभागी हुने सर्वदलीय बैठकमा सहभागी नहुने अडान लिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा माधव नेपाललाई पनि दलीय हैसियतमा बोलाएपछि एमालेले अस्वीकार गरेको हो । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई टेलिफोनमार्फत आफूहरुले अवैध भनेको दल नेकपा एसको सहभागितामा हुने बैठकमा भाग नलिने जानकारी दिनुभयो ।

भट्टराईले सभामुख सापकोटाले माधव नेपालसहित १४ जनाको कारबाहीको सूचना टाँस्न वा राजीनामा गर्न आग्रह गरेको छ ।

विधिसम्मत तरिकाले दर्ता नभएको र आफूहरूले गैरसांसद भनेकाहरू सहभागी गराइएको बैठकमा आउन नसक्ने एमालेले बताएको छ ।