अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

खेलकुद

आईसीसी विश्वकप लिग २ क्रिकेटमा अमेरिकामाथि नेपालको ऐतिहासिक जित


काठमाडौँ — कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक बनाएपछि नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २ सय ३१ रनको लक्ष्य ४९ ओभरमा पूरा गर्‍यो । कुशलले आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा ९३ बल खेली ३ चौका र ३ छक्का प्रहार गरे । रोहितले ८७ बलको इनिङ्समा २ चौका र ३ छक्का प्रहार गरे ।