अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य

आयुर्वेद चिकित्सक संघको महाधिवेशन मंसीर २४ र २५ काठमाडौंमा


काठमाडौं- नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन आगामी मंसीर २४ र २५ गते काठमाडौंमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो ।

संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीकाअनुसार संघमा करीब ८०० सदस्य आवद्ध छन् । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने ज्ञवालीले बताउनुभयो ।  महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।