अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

अस्मिता धामी हत्या प्रकरण : दोषी पत्ता नलगाएको भन्दै प्रहरी कार्यालयमा तालाबन्दी


डडेल्धुरा– परशुराम नगरपालिका-८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महीनाभन्दा बढी भइसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

घटनाबारे ढाकछोप गरेको भन्दै आन्दोलित स्थानीयले बुधबार इलाका प्रशासन कार्यालय जोगबुढामा तालाबन्दी गरेको छन् । हत्यारा पत्ता नलगाउँदासम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिनुभयो ।

परशुराम नगरपालिकाले अस्मिताको न्यायका लागि गठन भएको संघर्ष समितिसँग ६ बुँदे सम्झौता गरे पनि अझै कार्यान्वयन नगरेको संघर्ष समितिको आरोप छ ।

पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने र अस्मिताका श्रीमान् अमर धामीलाई जमरानी स्वास्थ्य केन्द्रमा रोजगारी दिनेलगायत छन् । तर, त्यो सम्झौता अझै पनि कार्यान्वयन भने नभएको संघर्ष समितिका संयोजक बोहराले बताउनुभयो ।

के भन्छ प्रहरी ?

प्रहरीले सूक्ष्म अनुसन्धान भन्दै जिल्ला र प्रदेशको टोली खटाइएकाे छ । डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल आफैं घटनास्थलमा खटिएका थिए । तर, पनि प्रहरीले घटनाबारे यथार्थ बाहिर ल्याउन सकेको छैन ।

शव फेला परेको दिनदेखि निरन्तर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । तर, प्रहरीसँग ठोस परिणाम हात पर्न सकेको छैन् । अनुसन्धानका क्रममा हात परेका प्रमाणले हत्यारा सार्वजनिक गर्न पर्याप्त नभएको प्रहरीको भनाइ छ । – न्युज कारखाना