अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

अर्थ

प्री-ओपन सेसनमा करिब ४ अंकले बढ्यो नेप्से


काठमाडौं– आज साताको चौथो कारोबार दिन बुधबार प्रीओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८ दशमलव ५४ अंक घटेर २९२९ दशमलव २९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३ दशमलव ९४ अंक बढेर २९३३ दशमलव २३ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७४ अंक बढेको छ।

सो सेसनमा कुल २५ कम्पनीको तीन हजार सात सय २३ कित्ता सेयर खरिदबिक्री हुँदा २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सो सेसनमा ११ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८ कम्पनीको सेयरमूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्य सो सेसनमा स्थिर रहेको छ।