अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

माधव नेपालको मौनताको अर्थ


पार्टी गठन गरेको एक महिनासम्म माधव नेपाल न संगठन विस्तारमा लाग्नुभएको छ न त आमसभा आयोजना गर्न नै । नयाँ पार्टी गठन गरेपछि त जोश जाँगरका साथ संगठन विस्तार देशव्यापी आमसभाहरु आयोजना होलान् भन्ने धेरैले सोचेका थिए । त्यसको विपरीत माधव नेपाल केही कोठे बैठकमा हराउन थालेपछि आम कार्यकर्ता निराश बनेका छन् ।

संघीय र प्रदेशसभा सदस्यहरुको साथ पाएर उत्साहित भएका नेपाल त्यतीबेला झसंग हुनुभयो जब स्थानीय तहका जनप्रतिनिधिले एमाले फुटाउने कदमलाई साथ दिएनन् । माधव नेपाललाई स्थानीय तहका कम्तीमा ३० देखि ४० प्रतिशत जनप्रतिनिधि आफ्नो पक्षमा आउने अड्कल थियो । तर त्यसको विपरीत करिब १० प्रतिशत मात्र जनप्रतिनिधि त्यो पनि ‘लो प्रोफाइल’ मात्र आफूतिर लागेपछि नेपाल स्वंय अहिले निराशामा हुनुहुन्छ ।

नयाँ पार्टी बनाएपछि उहाँ काठमाडौं बाहिरका कार्यक्रममा सरिक हुनु भए पनि छैन र नेता कार्यकर्तासँग बाक्लो सम्पर्कमा पनि हुनुुहुन्न । उहाँलाई लामो समय देखि साथ दिएका नेताहरुले पार्टी विभाजन पूर्व नै साथ छोड्नु,आफूसँग भएका नेताहरु राष्ट्रिय अन्तराष्ट्रिय रुपमा परिचित नुहनु,जनअनुमोदित अर्थात प्रत्यक्ष निर्वाचितहरुको जमात एकदमै कम हुनु र समानुपातिकको बोलवाला भएका कारण संसदको यही कार्यकालको समाप्तीसँगै नेपालको राजनीति पनि सकिने हो कि भनेर आफैं चिन्तित हुनुहुन्छ । संस्थापन पक्षबाट अन्तिम अवस्थामा नेपालतिर लागेका एक साँसदका अनुसार केपी ओलीसँगको इगोका कारण पार्टी फुटाएका नेपाल जनतामा ओली क्रेज उस्तै देखेपछि थप चिन्तित हुनुहुन्छ । त्यती मात्र होइन पार्टी विभाजन भन्दा पहिला हरेक दुईदिन जस्तोमा कोटेश्वर पुग्ने प्रचण्ड त्यसपछि नेपाललाई भेट्न जानुभएको छैन । ‘केपी ओलीबाट प्रचण्डलाई छुटाउन प्रचण्ड र देउवा कोटेश्वरमा चिया खान धेरै पटक पुग्नुभयो । एमालेबाट अलग भएपछि उहाँलाई छोडिदिनुभयो’ एमाले केन्द्रीय सदस्य हिक्मत कार्की भन्नुहुुन्छ ‘आफ्नाबाट एक्लिएका माधव नेपाललाई नयाँ बनाएको घर केही महिनाभित्र विरानो लाग्नेछ ।’

‘केपी ओलीबाट प्रचण्डलाई छुटाउन प्रचण्ड र देउवा कोटेश्वरमा चिया खान धेरै पटक पुग्नुभयो । एमालेबाट अलग भएपछि उहाँलाई छोडिदिनुभयो’ एमाले केन्द्रीय सदस्य हिक्मत कार्की भन्नुहुुन्छ ‘आफ्नाबाट एक्लिएका माधव नेपाललाई नयाँ बनाएको घर केही महिनाभित्र विरानो लाग्नेछ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डमात्र बैठक बस्ने,सरकारका निर्णय त्यसैगरी एकलौटी गरेर नेपाललाई कर्नर पारिरहेका दृष्य स्पष्टै छन् । त्यतिमात्र होइन कांग्रेस र माओवादीले लिने मन्त्रालयलमा प्रचण्ड र देउवाको सहमति भइसकेको छ । तर माधव नेपालले रोजेका मन्त्रालयलमा उपेन्द्र यादवसँग सहमति गरेर आउनुहोस् भनेर ‘ह्यूमिलेट’गर्ने गरिएको नेताहरु बताउँछन् । ‘देउवा प्रचण्डको आंकलन थियो माधव नेपालले पार्टी फुटाउदा एमालेलाई ठूलै असर गर्ला तर स्थिति त्यस्तो नभएपछि सत्ता गठबन्धनमा माधव नेपालको ग्राफ घटेको हो’ कार्की भन्नुहुन्छ ‘देउवाले विस्तारै माधव नेपाललाई कुनै भाउ दिनुहुन्न ।’

एमाले स्रोतका अनुसार विभिन्न सुत्रहरु मार्फत देउवा ओलीसँग सम्पर्क पुनर्स्थापित गर्न प्रयासरत हुनुुहुन्छ । विगतमा ओली प्रधानमन्त्री हुँदा पार्टीभित्र आलोचित भएरै पनि ओलीको सहयोगी बनेको अतित देउवाले ओलीलाई स्मरण गराइरहनु भएको छ । ‘मेरो सहयोगको केही प्रतिशत गुन तिर्नुहुन्छ भन्ने आशा छ,’ देउवाले सम्पर्क सुत्र मार्फत ओलीलाई सन्देश पठाउनुभएको छ ‘तपाईंको भूमिका पूनर्विचार गर्नुहोस । बालकोट र बालुवाटार धेरै टाढा छैन ।’

सरकारले दुई महिनासम्म पूर्णता नपाउनुमा माधव प्रचण्डलाई दोष दिए पनि देउवा नै यसको प्रमुख कारण रहेको जानकारहरु बताउछन् । देउवाले सरकारलाई भन्दा पार्टीको आगामी महाधिवेशनमा सभापति जित्नलाई बढी महत्व दिनुभएको छ । कुबेलामा आइलागेको प्रधानमन्त्री पदलाई शक्ति सञ्चयको माध्यम बनाएर देउवा महाधिवेशनमा फेरि सभापतिमा जित्न चाहनुहुन्छ । ‘देउवा सभापतिमा निर्वाचित भएपछि बालुवाटारबाट कोटेश्वर र खुमलटार हैन बालकोट नजिक हुन्छ हेर्दैजानु होला’ देउवा निकट काँग्रेसका एक नेताको भनाइ छ ।

यी सबै दृष्यलाई राम्ररी नियालिरहनु भएका माधव नेपालले नयाँ पार्टीमा कुनै आशा आफूले पनि देख्नुभएको छैन र आफ्ना पछि लागेकालाई पनि देखाउन सक्नुभएको छैन । ‘संसदको यही कार्यकालमा संघीय र प्रदेशका सरकारमा भागवण्डा लिने भन्दा नेकपा(एस)पार्टीको आयातन धेरै बढ्ने देखिएन’ कार्की भन्नुहुुुन्छ ‘एमाले र केपी क्रेज अनि माधवको निराशाले धेरै नेता कार्यकर्तालाई एमाले मै फर्काउँछ ।’