अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

त्रिविका क्याम्पसमा आज देखि भौतिक रुपमा पढाइ


काठमाडौं -कोरोना संक्रमण कम हुँदै गएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कलेजमा आज विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ। कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द रहेका कलेज आजदेखि भौतिक उपस्थितिमै सञ्चालन हुन लागेका हुन्।
कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाएर विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न लागिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताउनुभयो ।

आजदेखि सम्बन्धित स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका देशैभरीका कलेज सञ्चालन हुँदैछन्।