अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

कनकमणिको ट्विटः माओवादी केन्द्रले जम्मा दुई सीट जित्छ


काठमाडौं- वरिष्ठ अधिकारकर्मी एवं पत्रकार कनकमणि दीक्षितले अबको चुनावमा नेकपा माओवादी केन्द्रले जम्मा दुई क्षेत्रमा मात्र चुनाव जित्ने निश्चित भएको दाबी गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डचाहिं समानुपातिकमा मात्र सुरक्षित रहेको पनि प्रक्षेपण गरिएको छ ।

दीक्षितले ट्वीट मार्फत माओवादीको आगामी चुनावको नतिजाका बारेमा अनुमान प्रस्तुत गर्नुभएको छ । उहाँले माओवादी नेताहरू जनार्दन शर्मा र वर्षमान पुनको जित्ने निश्चित रहेको र जित्ने निर्वाचन क्षेत्र नभेटिने हुँदा प्रचण्डले समानुपातिकमा बस्न सक्ने अनुमान गर्नुभएको छ ।

‘मेरो लेटेस्ट बुझाइः संसदीय निर्वाचनमा माओवादी शीर्षस्थ मध्ये वर्षमान पुन र जनार्दन शर्माको आ आफ्ना पकेट क्षेत्रबाट जित निश्चित छ । पुष्पकमल दाहाल आफू कताबाट उम्मेदवार हुने ठेगान छैन । र कांग्रेससँग समझदारी नहुने हो भने जीत पनि पक्का छैन । लास्टमा समानुपातिकबाट उठ्न बेर छैन ।’