अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

आजको बहस

विधान महाधिवेशन तयारी जानकारी लिन जब अध्यक्ष ओली गोदावारी पुग्नुभयो….(फोटो फिचर)


काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनको तयारी बुझ्न अध्यक्ष केपी शर्मा ओली गोदावारी पुग्नुभएको छ ।

अध्यक्ष ओली महासचिव ईश्वर पोखरेलसहित महाधिवेशनस्थल गोदावारी पुग्नुभएको हो । उहाँले अहिले भइरहेका तयारी र बाँकी कामबारे जानकारी लिनुभयो ।

एमाले विधान महाधिवेशन उद्‍घाटन असोज १५ गते बिहान ११ बजेदेखि गोदावारीस्थित सनराइज हलमा अध्यक्ष ओलीले गर्नुहुनेछ । तीन दिनसम्म चल्ने विधान महाधिवेशनमा करीब ५ हजार प्रतिनिधिले भाग लिने भट्टराईले बताउनुभयो । तर, सहभागी संख्या यकिन भइसकेको छैन ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सम्पूर्ण सदस्य, केन्द्रीय विभागबाट सचिवसहित पाँच जना, घोषित जनसंगठन केन्द्रीय पदाधिकारी र वरिष्ठ सदस्य गरी १० जना, जिल्ला कमिटीका पदाधिकारी, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा, एमाले पार्टी सदस्य रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, एमाले पार्टी सदस्य रहनुभएका पालिकाका प्रमुख उपप्रमुख तथा कतिपय प्रवास कमिटीबाट पनि प्रतिनिधित्व हुनेछ । जिल्लाको निर्वाचन क्षेत्रबाट एक महिला र एक दलितलाई अनिवार्य गरिएको छ भने प्रवास कमिटीबाट पनि सहभागिता हुनेछ ।

एकीकरणपछि माओवादीलगायतका दलबाट आएका नेता कार्यकर्ता तथा सम्पूर्ण सदस्य संख्याको १० प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने छ ।