अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

फोटो

विधान महाधिवेशनले रंगियो गोदावारी (फोटो फिचर)


काठमाडौं, नेकपा एमालेको शुक्रबारदेखि ललितपुरको सनराइज हल, गोदावरीमा हुने विधान महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा प्रतिनिधि सहभागी हुने भएका छन् ।

शुक्रबार दिउँसो १२:१५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ ।

सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर उद्घाटन गरिने भएको छ । उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ । उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने छ । १६ गते समूहगत छलफल हुनेछन् भने १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको छ ।

एमालेले महाधिवेशनको व्यवस्थापनलाई सहजीकरण गर्नका निम्ति पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ(सचिव र कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरेको थियो ।