अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

महाधिवेशन प्रतिनिधीको अधिकारमा प्रचण्डले हस्तक्षेप गरेको भन्दै अखिल क्रान्तीकारीको घोषणा सभा विथोलियो


काठमाडौं -माओवादी अध्यक्ष प्रचण्डले महाधिवेशन प्रतिनिधीको अधिकार हस्तक्षेप गरेको भन्दै अखिल क्रान्तीकारीे केन्द्रीय समिती घोषणा गर्न अवरोध गरेका छन् । अध्यक्ष पञ्चा सिंह र महासचिवमा उपराष्ट्रपति पुत्र दिपेश पुनलाई प्रचण्डले रोजेपछि विद्यार्थीहरु आक्रोसित भएका हुन् । महाधिवेशनको अधिकार पार्टी अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेको भन्दै महाधिवेशन प्रतिनिधीहरु आक्रोसित भएका छन् । आक्रोसित प्रतिनिधीहरुले आफ्ना पदाधिकारी आफैंले छनौट गर्न पाउनु पर्ने भन्दै नाराबाजी गरिरहेका छन् । अपरान्ह तीनबजे पत्रकार सम्मेलन मार्फत केन्द्रीय समिती घोषणा गर्ने भनिए पनि विवादका कारण कुर्सी हानाहान भएपछि पत्रकार सम्मेलन पनि भाँडिएको छ ।