अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

अर्थ

सुनको मूल्यमा वृद्धि


काठमाडौं- दशैंको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु.५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु.८९ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु.९० हजार ४०० तोकिएको छ । त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला रु.८९ हजार ९५० पुगेको छ । बुधबार प्रतितोला रु.८९ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो ।

महासङ्घका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला रु.१० ले बढेर एक हजार १७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु.एक हजार १६० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।