अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

समाचार

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे, एमाले अवरोध यथावत्


काठमाडौं– प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि विरोधलाई निरन्तरता दिने तयारी गरेको छ ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख सापकोटा र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमालेले बहिस्कार गरेको थियो ।