अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

नेकपा एसमा ‘अंगीकृत’ हाबी, ‘वंशज’ मन्त्रीबाट बञ्चित


काठमाडौं– नेकपा (एस)मा अंगीकृत हावी भएपछि वंशजहरु मन्त्री हुनबाट बञ्चित भएका छन् । नेकपाकालदेखि नै तत्कालिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध निरन्तर अभिव्यक्ति दिएर माधव नेपाललाई उकास्ने मेटमणि त्यसैको एउटा उदाहरण हुनुभएको छ ।

नेकपा एकता भंगपछि त मेटमणि पार्टी गुटको रुपमा नै प्रस्तुत हुनुभएको थियो । हालैका दिनमा पनि मन्त्रिपरिषद विस्तारदेखि पार्टीका आन्तरिक गतिविधिमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई पछि पार्दै मेटमणिको ‘मिडिया कभरेज’ बढी थियो । तर, मन्त्रीको सूचीमा मेटमणीहरु जस्ता माधव नेपालका ‘वंशज’हरु बाहिर र ‘अंगीकृत’हरु भित्र परेका छन् ।

आज हुने भनिएको मन्त्रिपरिषद् विस्तारमा कुनै नाटकीय परिवर्तन भएन भने अंगीकृतद्वय प्रेम आले  र किसान श्रेष्ठ  मन्त्री बन्नु हुनेछ । अनि मन्त्री नबनाएकै केपी ओलीसँगको कारण बर्षौं लामो सम्बन्ध टुटाएका मुकुन्द न्यौपानेलाई पनि ग्लानी भएको छ । मेटमणिले ‘राजनीतिमा यस्तै हो’ भन्ने किसिमको प्रतिक्रिया सार्वजनिक गरेर फेस सेभिङ गरे पनि न्यौपाने चुपचाप हुनुहुन्छ । आले र श्रेष्ठ तत्कालिन प्रधनमन्त्री केपी शर्मा ओलीले विस्वासको मत दिने बेलामा मात्र नेपाल पक्षमा देखिनुभएको थियो ।

केपी ओली सरकारमा मन्त्री दोहोरिन नपाएका कारण माधव नेपाल रोजेका आले र मन्त्री नै बन्न नपाएका कारण नेपाललाई साथ दिएका श्रेष्ठ मन्त्रीको सूचीमा देखेपछि माधव नेपालका वंशजहरु नतमस्तक बनेका छन् । ‘मन्त्रीको अवधि हुन्जेल माधव नेपाललाई साथ दिने त्यसपछि एमालेमै जानेहरुलाई मन्त्री बनाइयो,’ एसका एक नेताले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘जसले बार्गेनिङ बढायो उसले मन्त्री पायो । जो यस मेन थिए उनीहरु बाहिरै ।’