अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

प्रदेश

प्रदेश-१ को नवौं अधिवेशन शुरु


विराटनगर- प्रदेश नं १ को प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ । अधिवेशनको शुरुमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आह्वानसम्बन्धी प्रत्र सदनमा सुनाउनुभयो । सोही अवसरमा सभामुख भण्डारीले हिन्दुको महान चाड बडा दशैंका अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदी बहिनी एवं प्रदेशसभा सदस्यलाई शुभकामना पनि दिनुभयो ।

सत्ता पक्ष नेकपा (एमाले) दलका प्रतिनिधि एवं पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले लोकतन्त्र र मुलुकको सार्वभौमतालाई बलियो बनाउन राजनीतिक दल विभाजन हुनुहुँदैन भत्रुभयो । उहाँले आफ्ना दलका तर्फबाट विचार राख्ने क्रममा पार्टी भित्रको आन्तरिक जीवनलाई व्यवस्थित गर्न मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएको बताउनुभयो ।

पूर्ववर्ती सरकारको बिदाई र नयाँ सरकार बनेसँगै विश्वासको मत विधि र प्रक्रियाअनुसार लिने भन्दै पूर्वमन्त्री कार्कीले एमालेले संविधान र कानून नमिच्ने जिकिर गर्नुभयो । उहाँले प्रदेशसभा विभाजन भएर पनि एमालेतर्फ अत्यधिक सांसद रहने भएकाले विधि र प्रक्रियाअनुसार विश्वासको मत लिने दाबी गर्नुभयो । उहाँले कुनै पनि राजनीतिक दलको पूर्णबहुमत नरहेको प्रदेशसभाको मिलेर सरकार बनाउन आग्रह गर्दै अहिले सरकार संविधान धारा १६८ को १ अनुसार भएकाले विश्वासको मत लिने जानकारी गराउनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले लोकतन्त्रमा आस्था विश्वास राख्ने कंग्रेसले कहिले पनि संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम नगर्ने भन्दै प्रदेश सरकारमा संवैधानिक सङ्कट आएकाले निकास हुनु जरुरी छ भत्रुभयो । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले नैतिक हैसियत गुमाएकाले विश्वासको मत लिनुपर्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राईले संविधानअनुसार सदन र सरकार नचलेकाले सभामुखको ध्यानाकर्षण गराउनुभयो । जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार अल्पमतमा परेकाले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिनुपर्नेमा हिउँदे अधिवेशन शुरु गरेको विरोध जनाउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राई र लोकतान्त्रिक रष्ट्रिय मञ्च नेपालका संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले पनि सरकारले नैतिक हैसियत गुमाएको अवस्था संविधान र लोकतन्त्रको मर्म एवं भावनाअनुसार चल्नुपर्ने धारणा राख्नुभयो । प्रदेशसभाको अर्को बैठक असोज २४ गते दिउँसो १ बजे बस्ने सभामुख भण्डारीले जानकारी दिनुभयो ।