अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

प्रदेश

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ


बुटवल – लुम्बिनी प्रदेशको मन्त्रिपरिषद आइतबार विस्तार गरिएको छ । मन्त्रिपरिषद विस्तार लगत्तै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

आज प्रदेश प्रमुख अमिक शेरचनले नववियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई शपथ गरानुभयो । शपथ लिनेमा कांग्रेसका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्नुभएका पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री, बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ हुनुहुन्छ ।

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रीका रूपमा दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्रीका रूपमा बर्दियाका तिलकराम शर्माले पनि शपथ लिनुभयो । उहाँहरु माओवादी केन्द्रबाट सरकारमा गएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ लिनुभयो । उहाँहरु नेपाली कांग्रेस सांसद हुनुहुन्छ । माओवादी केन्द्रबाट भने स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वलीले पनि शपथ लिनुभयो ।