अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

आजको बहस

साफ च्याम्पियनसिप : नेपाल १-० ले पराजित


काठमाडौं- साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेल नेपालले हारेको छ । खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो ।

खेलको ८२ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गरेको गोल नै निर्णायक बन्यो ।

यसअघि खेलको ८० मिनेटसम्म रक्षात्मक रणनीति अनुसार खेलेको नेपालले पछिल्लो १० मिनेट आक्रामक खेल खेल्यो । तर यो समयमा बनाएको केही मौका सदुपयोग गर्न नसक्दा नेपाल पराजित भएको हो ।

साफ च्याम्पियनसिपमा दुई खेलमा दुई जितेको भए नेपाल फाइनलमा पुग्ने थियो ।

हालसम्म प्रतियोगितामा नेपालले तीन खेलमा ६ अंक जोडिसकेको छ भने भारतले तीन खेलमा पाँच अंक जोडेको छ ।