अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

अन्तर्राष्ट्रिय

भारतमा एकैदिन ११ लाखको कोरोना परिक्षण


भारतमा हिजो एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको छ । हिजो सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परिक्षण गरिएको हो । यसैसँगै भारतमा कोरोना परिक्षणको कूल संख्या ५८ करोड ५० लाख ३८ हजार ४३ जना पुगेको छ ।

सोमबार भारतमा १८ हजार १६६ जना थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ । यो सङ्ख्या गत सात महिनापछि सव भन्दा कम भएको समाचारमा जनाइएको छ ।