अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

आजको बहस

लुम्बिनीकी १९ वर्षीया झरना चौधरी एमाले वडा सचिव


रुपन्देही- लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ मा १९ वर्षकी झरना चौधरी वडासचिवमा सर्वसम्मत चयन हुनुभएको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर पाँचका धेरै ठाउँमा युवा अनुहार आएको राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चूअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं १ का २६ वर्षीय सुरज कलवार वडा कमिटी अध्यक्ष हुनुभयो । सानै उमेरमा नेकपा एमाले लुम्बिनी साँस्कृतिक नगर वाड न १ को अध्यक्ष बनेका छन् ।