अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

एयरपोर्टमा अध्यक्ष ओली-सिटौलाको जम्काभेट, ओलीले सोध्नुभयो- ‘कांग्रेसको खबर के छ ?’


काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको त्रिभूवन विमानस्थलमा जम्काभेट भएको छ ।

विमानस्थलको अतिविशिष्ट कक्षमा आज बिहान भेट हुनेवित्तिकै अध्यक्ष ओलीले सिटौलालाई भन्नुभयो, ‘कांग्रेसको खबर के छ ?’ दुई नेताबीच एमालेको वडा अधिवेशनलगायतका विषयमा कुराकानी भएको थियो ।

सिटौला अध्यक्ष ओलीभन्दा अगाडि पुग्नुभएको थियो । उहाँ प्रवेश गर्नेवित्तिकै उठेर सिटौलाले भन्नुभयो, ‘तपाईंलाई स्वागत गर्न बसेको ।’

विशिष्ट कक्षमा एमाले नेता लेखराज भट्टलगायत हुनुहन्छ ।

अध्यक्ष ओली पार्टी कार्यक्रमका लागि झापा जाने तयारी गर्नुभएको हो । सिटौला पनि झापाको जहाज पर्खेर बस्नुभएको थियो ।