अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

मोहन वैद्य अस्पतालबा‍ट डिस्चार्ज


काठमाडौं – थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज हुनुभएको छ ।

स्वास्थ्य समस्यामा सुधारभएपछि सामान्य अवस्था बनेपछि उहाँलाई आइतबार अपरान्ह डिस्चार्ज गरिएको हो ।

दमको समस्या बढेपछि उहाँलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो ।

वैद्य अस्पतालमा रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपराष्टपति नन्दकिशोर पुन, गृहमन्त्री बालकृष्ण खाँड लगायतका नेता तथा उच्च सरकारी अधिकारीले भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।