अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

अमेरिकाले अनुदान दिएको कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो


काठमाडौं- अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एअरवेजको विमानबाट सोमबार बिहान काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ । अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।