अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

रूपन्देहीको तिलोत्तमामा एमालेको नेतृत्व सर्वसम्मत


बुटवल – एमालेले रूपन्देहीको तिलोत्तमा नगर कमिटीको नेतृत्व सर्वसम्मत टुंग्याएको छ । नगर कमिटीको प्रथम अधिवेशनमा चार जनाले अध्यक्षमा उम्मेदवारी दिएकामा आपसी सहमतिमा तामनाथ पाण्डेय अध्यक्ष चुनिएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका नेत्र वनलाई उपाध्यक्ष र अर्का प्रत्यासी मीनप्रसाद पोखरेललाई सचिवमा चयन गरिएको छ । अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र श्रीले अन्तिम समयमा दाबी छाडेपछि पाण्डे सर्वसम्मत भएका हुन् ।

त्यस्तै, उपसचिवमा भने गंगा गुरुङ र गणेश उपाध्यायलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षका प्रत्यासी बनेका सुरेन्द्र श्रीलाई जिल्ला कमिटीमा लैजाने गरी सहमति जुटाइएको बताइएको छ । उहाँ तिलोत्तमा नगरपालिकाका प्रवक्तासमेत हुन् ।

अध्यक्षमा चयन भएका पाण्डे तिलोत्तमा- १ का वडा अध्यक्ष हुन् । वन र पोखरेल भने यसअघि पनि एमाले नगर उपाध्यक्ष र सचिव रहेका थिए ।

एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको तिलोत्तमा नगरपालिका अर्का उपमहासचिव घनश्याम भुसालको गृहनगर हो । नगर अधिवेशनले ७५ सदस्यीय कमिटी निर्माण गरेको छ ।