अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

एमाले कपिलवस्तु नगर अध्यक्षमा श्याम प्रकाश प्रजापति


कपिलवस्तु – कपिलवस्तुका सबै पालिकामा नेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० पालिकामा मंगलबार सम्पन्न नगर तथा गाउँ अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले बताउनुभयो ।

अखिलका केन्द्रीय सचिव श्याम प्रकाश प्रजापति कपिलवस्तु नगर अध्यक्ष चयन भएका छन् । नगर अध्यक्षमा प्रजापति सर्वसम्मत चुनिएका हुन् ।

यसैगरी विजयनगर गाउँपालिकाको अधिवेशनले थर्कबहादुर खन्गाहाको नेतृत्वमा ५१ सदस्यीय गाउँ कमिटी चयन भएको छ । एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालका अनुसार शुद्धोधन गाउँपालिकाको अध्यक्षमा राम विलास कुर्मीको नेतृत्वमा ४७ सदस्यीय गाउँ कमिटी चयन भएको छ । यसैगरी यशोधरा गाउँकमिटीको अध्यक्षमा हरम सरिफ चयन भएका छन् ।

बाणगंगा नगरपालिकामा युवराज पोख्रेलको दोहोरिएका छन् । दोहोरो कार्यकाल पाउनेमा बुद्धभूमी नगरपालिकामा देवी प्रसाद बेल्बासे, शिवराज नगरपालिकामा जगत पौडेल, कृष्णनगर नगरपालिकामा सन्दीप मौर्या, मायादेवी गाउँपालिकामा जगन्नाथ चौधरी, महाराजगन्ज नगरपालिकामा निजामुद्धिन खाँन रहेका छन् ।