अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

खेलकुद

नेपाली रेफ्री राज कुमार एफआईबीएको निर्णायक भूमिकामा


काठमाडौं – नेपाली बास्केट बल रेफ्री राजकुमार महर्जनले दक्षिण एसियन बास्केट बल च्याम्पियनसिप (साबा) मा निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ ।

सोमवारबाट बंगलादेशको राजधानी ढाकामा शुरु भएको दक्षिण एसियन बास्केट बल च्याम्पियनसिपको छैटौं संस्करणमा रेफ्री महर्जनले सहभागिता जनाएका हुन् ।

नेपाल बास्केट बलले ‘नेपाल यस प्रतियोगितामा सहभागी नभए पनि एफआईबीए रेफ्री राजकुमार निर्णायक भूमिकामा रहेको जनाएको छ । राज कुमारले बंगलादेश र श्रीलंकाबीचको खेल खेलाएका थिए ।

यसअघि यसै प्रतियोगितामा महिला तथा पुरुष टोलीका लागि पत्र आए पनि नेपाल बास्केट बल संघको लापरबाहीको कारण नेपालले महिला तथा पुरुष दुवै विधामा सहभागिता जनाउने अवसर गुमाएको थियो । जुन विषयलाई लिएर महिला टोलीकी कप्तान सदिना श्रेष्ठ र पुरुष टोलीका कप्तान सदिस प्रधानले असन्तुष्टि पोखेका थिए ।

नेपालले अघिल्लो साल नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेयता बास्केट बलमा कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको छैन ।

१३औं सागमा नेपालले महिलातर्फ रजत पदक तथा पुरुषतर्फ कास्य पदक जितेको थियो । यस्तै थ्री बाई थ्री मा पुरुष टोलीले रजत तथा महिलाले कास्य जितेको थियो ।

यता, संघले पछिल्लो समय कुनै पनि बास्केटबलका प्रतियोगिता आयोजना गर्न सकेको छैन ।