अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

खेलकुद

बिग्रेको देशलाई बनाउन खेल क्षेत्रले सहयोग गर्छ : केपी ओली


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेल क्षेत्रले बिग्रेको देशलाई बनाउन सहयोग गर्ने बताउनुभयो ।

नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले उहाँले खेलले मानव शरीरलाई स्वस्थ बनाउन मद्दत गरेजस्तै बिग्रेको देशलाई पनि खेल क्षेत्र सुधार्ने र बनाउने काम गर्ने बताउनुभयो । ‘फिजियोथेरापीले नचलेको हात चलाउँदो रैछ, नचलेको हात चलाउँदो रैछ, दुखेको ढाडलाई निको बनाउँदो रैछ’, उहाँले भन्नुभयो, ‘खेलले बिग्रेको देशलाई पनि बनाउँछ । विवाद भएको देश आफ्नो खेलाडी टिमलाई पठाउने गरेको छ।’

मस्तिष्कमा पर्याप्त अक्सिजन नपुगे ऐँठन हुने भन्दै उहाँले शरीरका अंगमा पर्याप्त अक्सिजन पुर्‍याउन खेल र व्यायामले सहयोग गर्ने बताउनुभयो ।

यसर्थ खेल मानव स्वास्थ्यका लागि अतिआवश्यक रहेको अध्यक्ष ओलीको भनाइ छ ।