अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

अर्थ

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो


काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नै नेप्से ११.६० अङ्कले घटेर दुई हजार ७५७.५३ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७५ अङ्कले घटेर ५१८.२५ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर रु चार अर्ब ३५ करोड ७३ लाख नौ हजार ३१९ मूल्यमा कारोबार भयो । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ७८ अर्ब ४९ करोड ४७ लाख २० हजारको हाराहारीमा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर उकालो लागेको छ । जलविद्युत् १३.२१ र उत्पादन उपसमूह ९६.१४ अङ्कले बढेको छ । यस्तै, बैंकिङ ५.१, व्यापार ५८.५४, होटेल तथा पर्यटन ५०.८८, विकास बैंक ६.८९, वित्त १९.२३, निर्जीवन बीमा ६४.१६, अन्य ३८.८८, लघुवित्त १७.४३, जीवन बीमा १४०.५, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.७४ अङ्कले घटेको छ।

 

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु.५० करोड ९९ लाख ९२ हजार ३३२ बराबरको कारोबार भयो । नेसनल हाइड्रोपावर रु.२३ करोड ८४ लाख ५० हजार ४८२, नेपाल दूरसञ्चार कम्पनी रु.२२ करोड ६२ लाख ३८ हजार ३३८, हिमाल दोलखा हाइड्रोपावर रु.२१ करोड ५० लाख ७५ हजार १०६ र माथिल्लो तामाकोसी रु.१५ करोड २५ लाख ३८ हजार ६६८ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भएका छन् ।