अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

समाचार

कांग्रेस नेता बस्नेत अस्पताल भर्ना


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहनुभएका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित हुनुभएको हो । जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिनुभयो । उहाँ पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुनुहुन्छ ।