अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

एमाले १० औं महाधिवेशन

मेनुका काफ्लेद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा


काठमाडौं – अनेमसंघ प्रदेश १ को संयोजक तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको उपाध्यक्ष मेनुका काफ्लेले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारीमा दिने घोषणा गर्नुभएको हो । उहाँले प्रदेश नम्बर १ बाट महिला कोटाबाट आफूलाई केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । आफूलाई किन उम्मेदवारी दिने भनेर स्पष्ट रुपमा उल्लेख समेत गर्नुभएको छ ।

आदरणीय कमरेडहरुमा अभिवादन,

२०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भइ मैले आफ्नो राजनैतिक यात्राको सुरुवात गरेकी हुँ । अनेरास्ववियु हुँदै सुरु भएको राजनैतिक यात्राको क्रममा २०४२ साल देखि भुमिगत जीवन निर्वाह गर्दै झापा जिल्लाका विभिन्न स्थानमा रहेर निरन्तर सांगठनिक काम गरें । अमेनसंघ जिल्ला अध्यक्ष हुँदै २०४८ सालदेखि अनेमसंघ केन्द्रीय सदस्य, सचिवालय हुँदै हाल अनेमसंघ प्रदेश १ को संयोजकको रुपमा निरन्तर भूगोलमा काम गरिरहेको छु ।

नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य, जिल्ला उपसचिव हुँदै हाल १ नम्बर प्रदेश कमिटी सदस्य रही काम गर्दै आएको छु । प्रदेश १ को एक मात्र महिला प्रमुखको रुपमा कमल गाउँपालिका झापा अध्यक्ष साथै गाउँपालिका राष्ट्रिय महासंघ नेपालको उपाध्यक्षको रुपमा काम गरिआएको छु । यस १०औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा साथीहरुबाट आएको सुझावलाई आत्मसात गर्दै प्रदेश नम्बर १ तर्फको महिला कोटाबाट केन्द्रीय सदस्यका लागि उम्मेद्बारी घोषणा गर्दछु र सम्पुर्ण महाधिवेशन प्रतिनिधि कमरेडहरूको साथ र मतको अपेक्षा राख्दछु, धन्यवाद !