अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

एमाले १० औं महाधिवेशन

एमाले महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी सहभागी हुने


लमजुङ – चितवनमा शुक्रबारदेखि सुरू हुने एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने भएका छन् ।

लमजुङका चार नगरपालिका र चार गाउँपालिकाबाट चार हजार २०० जना सहभागी हुने नेकपा एमाले लमजुङले जनाएको छ । एमालेका सचिव कृष्णप्रसाद अधिकारीका अनुसार चार नगरपालिकाबाट दुई हजार ८०० जना र चार गाउँपालिकाबाट एक हजार ४०० जना सहभागी हुनेछन् ।

बेसीसहर नगरपालिबाबाट ८०० जना, सुन्दरबजार नगरपालिकाबाट ८०० जना, मध्यनेपाल नगरपालिकाबाट ६०० जना, राइनास नगरपालिकाबाट ६०० जना सहभागी हुने अध्यक्ष दवाडीले बताउनुभयो । गाउँपालिकातर्फ दोर्दी गाउँपालिकाबाट ६०० जना, मर्स्याङदी गाउँपालिकाबाट ६०० जना, दूधपोखरी गाउँपालिकाबाट १०० जना र क्व्होलासोंथर गाउँपालिकाबाट १०० जना सहभागी हुनेछन् ।

महाधिवेशनमा सहभागी हुने नेता कार्यकर्ता बोकेर करीब ८० वटा सवारी साधन चितवन पुग्नेछन् । निजी र सार्वजनिक सवारी साधन रिजर्भ गरेर साथै स्वतस्स्फूर्त मोटरसाइकलहरू समेत लाने भएका छन् । केही नेता कार्यकर्ता बुधबार र बिहीबार नै चितवन पुगिसकेका छन् । केही शुक्रबार जाँदैछन् ।