अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

एमाले १० औं महाधिवेशन

एमालेमा कोही पनि विचार समूहमा विभाजित छैनन्, एक छन् : शंकर पोखरेल


चितवन – नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताउनुभएको छ ।

दशौं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी कार्यकर्ताहरूलाई शुभकामना दिँदै पोख्रेलले भन्नुभयो, ‘पार्टी एकताबद्ध र एकढिक्का छ । यतिबेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।’

विगतका महाधिवेशनमा जस्तो यसपटक कोही पनि समूहगत रूपमा विभाजित नभएको भन्दै पोखरेलले महाधिवेशनले सशक्त र एकतावद्ध एमाले निर्माण हुने बताउनुभयो ।

‘हामी कुनै विचार समूहमा विभाजित भएका छैनौं । महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्दैंछौं’, पोखरेलले भन्नुभयो, ‘कार्यकर्ताहरूले दिएको म्यान्डेटअनुसार हामी अगाडि बढेका छौं । कार्यकर्ताहरूको म्यान्डेटविपरीत हामी अगाडि बढ्दैनौं ।’