चितवन– नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
१० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष निर्वाचित हुनुभएको हो । ओलीले १८४० मत पाउनुभयो भने रावलले २२३ मत पाउनुभयो ।
एमाले केन्द्रीय निर्वाचन आयोगले विद्युतीय मतदानको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।
मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया