अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लिङदेनसँग पराजित भएका थापाको ज्ञानेन्द्रसँग चित्त दुखाइ

लिङदेनसँग पराजित भएका थापाको ज्ञानेन्द्रसँग चित्त दुखाइ


काठमाडौं -राजेन्द्र लिङदेनसँग राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापाले ज्ञानेन्द्र शाह विरुद्ध तिव्र आक्रोस व्यक्त गर्नुभएको छ ।
निर्वाचन परिणाम घोषणा हुने वित्तिकै थापाले सामाजिक सञ्जालमा निर्मल निवासको नाँगो नाचले आफू अध्यक्षमा पराजित भएको उल्लेख गर्नुभएको छ । थापाले देश गणतन्त्रमय भएका बेला २०६३ साल देखि नै आफू राजाको पक्षमा कफन बाँधेर हिडेपनि अहिले उनै शाहले साथ नदिएकोमा गुनासो समेत गर्नुभएको छ ।
‘सिंगो मुलुक गणतन्त्रमय भएका बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस ।’