अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक दलको नेतृत्वमा झापा, एमालेपछि राप्रपामा पनि झापाली नेता

राजनीतिक दलको नेतृत्वमा झापा, एमालेपछि राप्रपामा पनि झापाली नेता


काठमाडौं– देशको केन्द्रीय राजनीतिमा २००७ सालदेखि नै झापा जिल्लाले अगुवाइ गरेको थियो । ७१ वर्षपछि भने झापाले आफ्नो राजनीतिक कौशलतालाई कायम राखेको छ ।

२००७ सालमा राणा आन्दोलनदेखि पञ्चायतको किसान आन्दोलन र दुई वटा जनआन्दोलनमा झापा केन्द्रमा रह्यो । शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामा पनि झापाली नेतृत्वले निरन्तर श्रेष्ठता प्राप्त गर्दै आएको छ ।

एक साताअघि मात्रै मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेको अध्यक्षमा दोस्रो कार्यकालका लागि केपी शर्मा ओली निर्वाचित हुनुभएको थियो । आइतबार बिहान नै मूलधारको अर्को पार्टी राजेन्द्र लिङ्देन बलिया प्रतिस्पर्धी कमल थापालाई हराउँदै निर्वाचित भयो । अझ एमालेभन्दा अगाडि नेकपा एमालेको महासचिवमा चितवनबाटै सिपी मैनाली निर्वाचित हुनुभएको थियो । तीनै नेता झापाली हुनुहुन्छ ।

नेपाली कांग्रेसले पनि आफ्नो १४ औं महाधिवेशन गर्दैछ । कांग्रेसको नेतृत्व दाबी गर्ने तहमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पुग्नुभएको छ । तर, १३ औं महाधिवेशनमा तेस्रो हुनुभएका सिटौलाले यसपटक सभापतिमा शेरबहादुर देउवालाई सघाएर अर्कोपटक नेतृत्व हत्याउने अभियान सुरु गर्नुभएको छ । कांग्रेसमा विश्वप्रकाश शर्मालगायतको युवा नेतृत्व पनि अगाडि अगाडि आएको छ ।

त्यसो त एमालेमा पनि नेतृत्व पंक्तिमा ठूलो समूह अगाडि आइरहेको छ । एमाले महाधिवेशनबाट मात्रै केन्द्रीय नेतृत्वमा १३ जना निर्वाचित हुनुभएको छ ।

यो पनि पढ्नुहोस्
‘तत्कालिन विद्रोहको कर्मभूमि र केन्द्रविन्दु झापा नै थियो’